कैलालीमा एक जना पास्टर (क्रिश्चियन गुरु) ले मृतकलाई जिउँदो बनाउँछु भनेपछि शवलाई घरभित्रै राखिएको छ । घटना जिल्लाको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरको हो । पास्टरले आश्वासन दिएपछि त्यहाँका इश्वर डगौराले आफ्ना मृत बुवाको शव केही दिनदेखि घरभित्रै राखेको पाइएको हो ।
छिमेकीले शव गन्हाएको खबर दिएपछि प्रहरी पुग्दा सो घटना बाहिरिएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले घरभित्र ४३ वर्षका मोतिराम डगौराको शव भेटिएको जानकारी दिए । उनका अनुसार स्थानीय पास्टर दीपक चौधरीले सात दिनभित्र बचाउने भनेपछि मृतकको शव घरभित्रै राखेको पाइएको छ ।
मृतकको शव पास्टर चौधरीको घरभित्र भेटिएको छ । उनलाई केही दिन अघि उपचारका लागि त्यहाँ लगेको पाइएको प्रहरीले जानकारी दिएको छ । शव सडेको अवस्थामा रहेकाले उनको केही दिनअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पु¥याएको छ ।
प्रहरीले मृतकका छोरा सहित चार जनालाई नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताए । घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।