कैलालीको कैलारी गाउँपालिकामा लकडाउन
2020/08/05, 1:41
 
corona

कैलालीको कैलारी गाउँपालिकामा अर्को सूचना जारी नहुञ्जेसम्मका लागि लकडाउन गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी समेतमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकामा लकडाउन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए । सो गाउँपालिकाको क्वारेन्टिनमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित विद्यालयको चौकीदार र क्वारेन्टिनमा खाना पकाउने व्यक्तीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

लकडाउन अवधिभरि गाउँपालिकामा बजार, सवारी साधन सञ्चालन लगायत सबै बन्द रहने गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । उनले लकडाउन कडाइका साथ लागु गर्ने बताए ।