
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।

कूल १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ र १ सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।
उनका अनुसार डोटीको सायल गाउँपालिका –१ का २८ वर्षीय पुरुष र १० वर्षीय बालिका गरी २ जना, बैतडीको मेलौली नगरपालिका –७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ८३ पुगेको छ।
2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03