जिल्ला प्रशासन कार्यालय कैलालीले अब चार स्थानीय तहलाई फरकफरक बार सेवा दिने भएको छ। कोभिड –१९ को संक्रमण रोकथामका लागि गोदावरी नगरपालिकाका नागरिकलाई आइतबार र बुधबार, कैलारी गाउँपालिका नागरिकलाई सोमबार र बिहिबार, धनगढी उपमहानगरपालिका नागरिकलाई मंगलबार र शुक्रबार, त्यसैगरी चुरे गाउँपालिकाका नागरिकलाई सोमबार र बुधबार सेवा दिने निर्णय गरेको छ।
यी स्थानीय तहका नागरिकले नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी, हातहतियार दर्ता नविकरण, पत्रपत्रिका संघसंस्था सम्बन्धी कार्य र प्रमाणीत तथा सिफरिस जस्ता सेवाहरु प्रशासनले भनेअनुसारका बारमा मात्र पाउँनेछन्। तर शान्तिसुरक्षा निवेदन तथा कानुन सम्बन्धी सेवाहरु भने सबै कार्यालय दिनमा उपलब्ध हुने प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभीड –१९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले बताएको छ।