अत्तरियाका एक जना होटल संचालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले होटलमा महिलाहरुलाई बोलाई अबैध काममा लगाउने कन्चनपुर कृष्णपुर नगरपालीका वडा नम्बर १ घर भई हाल गोदावरी नगरपालीका वडा नम्बर २ बस्ने बोहरा होटलका संचालक २८ बर्षिय हर्क बहादुर बोहरालाई पक्राउ गरेको हो ।
उनले २ जना महिलालाई काठमान्डौबाट होटलमा वईटरको कामका लागि ललाईफकाई बोलाएर पछि डराई धम्काई आफ्नो होटलमा आउने ग्राहकहरुसंग शारिरिक सम्पर्क राख्न लगाउने र अन्य स्थानमा समेत पठाउने गरेको भन्ने सुचना पाएपछि बुधवार राति ईलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनी माथि मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरिक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।