अछामको बयलपाटा अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द
2020/08/07, 9:28
 
corona

अछामको बयलपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् । बयलपाटा अस्पताल साँफेबगरका एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।

अर्को सूचना जारी नभएकासम्मका लागि सेवा बन्द गरिएको अस्पतालले सूचना निकालेर जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरकाअनुसार अस्पतालमा कार्यरत पुरुष स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो ।