
लकडाउन खुलेपनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले कडाइ गरेको छ।

साेही अनुरुप जिल्ला प्रशासनले मास्क नलगाई हिँड्ने ३ सय ४१ जनालाई कारबाही गरेको छ। गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
उनीहरुबाट एक सयका दरले ३४ हजार १ सय रुपैंया राजश्व संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। साथै हालसम्म ७ सय जनालाई मास्क समेत तितरण गरिएको उनले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09