
चाडपर्व नजिकिए संगै कंचनपुरको दक्षिणी क्षेत्रमा तस्करी बढ्दै गएपछि सशस्त्र प्रहरी र जनपद प्रहरी पनि तस्करी नियन्त्रणमा सक्रिय देखिएका छन् ।

केही दिन यता दैनिकै जसो सशस्त्र प्रहरीले अवैध सामानहरु नियन्त्रणमा लिदै आएपनि शनिबार बिहान पनि भारतीय बजार बसहीबाट ल्याउदै गरेको अवस्थामा नेपाली दुई लाख मूल्य बराबरको अवैध कपडा नियन्त्रणमा लिएको छ ।

पुनर्वास नगरपालिका ४, आमताल नजिकै जमुना घारीबाट दुई वटा साईकलमा भारतबाट ल्याउदै गरेको अवैध कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक बिष्टका अनुसार आफ्नो टोली देखेपछी तस्करहरु साईकल सहितको अवैध कपडा छाडेर फरार रहेको बताए ।
2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2020/10/01, 4:40
2023/09/17, 7:20