
धनगढीमा बेहोस भेटिएका एक पुरुषको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर २ आदर्श टोलमा बेहोस अवस्थामा भेटिएका अन्दाजी ४५ बर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता तथा प्रहरी निरिक्षक हिक्मत थापाले मृतकको सनाखत हुन नसकेको बताए । ‘आज बिहान बेहोस अवस्थामा भेटिएका पुरुषलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो,’ उनले भने, ‘उपचारका क्रममा सवा ३ बजे उनको मृत्यु भएको छ । तर मृतकको सनाखत हुन सकेको छैन् ।’
मृतकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरी निरिक्षक थापाले बताए ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2020/10/01, 4:40
2023/09/17, 7:20