सार्वजनिक विदामा अनुमती नलिएर चलाईएका पाँच वटा मोटरसाईकल कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय झलारीले शनिबार स्थानीय प्रशासनको अनुमती नलिएर बतासे झर्ना घुम्न पुगेका कर्मचारीले चलाएका नेपाल आयल निगम धनगढीका दुई सहित पाँच वटा मोटरसाईकल नियन्त्रणमा लिईएको जनाएको छ।
ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्मेन्द्र रावलले आयल निगम धनगढीका से १ म ८७ नम्बर र से१म ८५ नम्बरका दुईवटा र बेलौरी नगरपालिकाको म १ व २८०, १९० र सु.प.प्र–०२–००१–व ५६८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिइएको जानकारी दिए। नियन्त्रणमा लिएका मोटरसाईकल आज सम्बन्धीत व्यक्तिलाई बुझाईने प्रहरीले जनाएको छ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2023/11/30, 11:34
2020/06/06, 9:54
2020/10/08, 1:28
2021/02/26, 8:59