श्वासप्रश्वासमा समस्यामा देखिएपछि उपचारका लागि ल्याउदै गर्दा महिलाको बाटोमै मृत्यु
2020/08/09, 8:45

डडेल्धुरा अस्पताल भर्ना भएकी महिलालाई श्वासप्रश्वासमा समस्यामा देखिएपछि धनगढी ल्यादै गर्दा मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षीया महिलालाई श्वास प्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन् ।

तर डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।
महिलाको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उनको कोरोना परीक्षण गरिने भएको छ । सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले मृतकको स्वाब संकलन गरेर परीक्षण गरिने जानकारी दिए ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2020/10/01, 4:40
2023/09/17, 7:20