
चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्ला भजनी नगरपालिकाका बाढी पीडित ३०० घरपरिवारलाई राहत वितरण गरेको छ ।
फाउण्डेसनले उक्त नगरपालिकाका विभिन्न वडाका बाढी प्रभावितहरुलाई ३२५ कार्टुन वाइवाइ चाउचाउ, ३४० केजी वाइवाइ भुजिया आपत्कालीन खाद्य सहयोगका रुपमा हस्तान्तरण गरेको जनाएको छ ।
आपत्कालीन खाद्य सामग्री हस्तान्तरण नगरपालिकासँगको समन्वयमा भएको हो । चौधरी फाउण्डेसनले आपत्कालीन राहत तथा सहयोगलाई आफ्नो कार्यक्रमको अभिन्न अंगका रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
साउन १४ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण कैलाली जिल्लामा १,६०० घरपरिवार प्रभावित भएका छन् । काँडानदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकामा सबैभन्दा ठूलो क्षति पुर्याएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/21, 9:55
2020/10/01, 4:40
2023/09/17, 7:20