निर्माण नसकिदै कल्भर्ट भासियो 
2020/08/09, 9:15
 
bikash

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ सुसुरे नालाको कम्दा जाने कल्भर्ट निर्माण नसकिदै भासिएको छ । स्टिमेटको मापदण्ड अनुसार काम नहुदा कल्भर्ट धसिएको हो । नालामा पानी भरिएको र हिलो थियो ढुंगा मात्र हालेर काम गरेकोले कल्भर्टको साइडको भाग अलग भएको स्थानिय केशव गिरीले वताए । कल्भर्टको बिच भागमा पिसीसी ढलान भएको ठाउँमा समेत चर्किएको छ ।

सुसुरे नालाको पानी सो कल्भर्टको बिच भएर नदीको वहाबले बग्ने हुदा ढलान चर्किएको हो । ढलान गर्ने ठाउँमा ढुंगा मात्र हालेर कल्भर्ट निर्माण गर्दा पानी कम हुदा ढलान गरेको माथी बग्नुपर्ने भएपनी मुनीबाट बग्ने गरेको छ ।बैशाखमा माटो परीक्षण भएपनि सो ठाउँमा माटो खन्दा पानी निस्किएकोले समस्या हुने भन्दै काम गर्न नचाहेकोले २ हप्ता काम रोकेको गौरीगंगा नगरपालिकाका इन्जिनियर दिनेश खड्काले वताए । दलदले माटो भएकोले ढलानमा समस्या आउदा बेस कमजोर भएकोले साइडको भाग धसिएको गौरीगंगा नगरपालिकाका इन्जिनियर खड्काले वताए । प्रदेशको विज्ञले राम्रो बनाउनुस केही फरक पर्दैन काम गर्नुस बताएपछि हामीले काम शुरु गरेको ईन्जिनीयर खड्काले बताए ।

असार १३ गते कार्य आदेश आएकोले हतारमा मसान्तमा काम सक्नुपर्ने भएकोले १४ गते ढिला गरि काम शुरु गर्नुपर्ने भएकोले कल्भर्ट निर्माण गर्न समस्या भएको भवानी मार्ग कल्भर्ट निर्माण समितीका अध्यक्ष हेम ताडीले बताए । कल्भर्ट निर्माणको काम असार मसान्तसम्म सम्पन्न गरिसक्न्नुपर्ने सम्झौता भए पनि सो योजनाको काम हालसम्म सकिएको छैन । सो नालामा वर्षातको बाढीले अहिले दुबैतर्फ माटो कटान गरेकोको छ । माटो भरानको काम हुन नसकेकोले आवत जावत गर्न स्थानीय वासिन्दालाई समस्या भएको छ ।

स्टिमेटमा जाली उल्लेख नभए पनि जाली आएको र साइडमा माटो भरान गर्ने काम बाकी छ । प्रदेश पूर्वाधार साझेदार कार्यक्रम अन्तर्गत १८ लाखको बजेटमा कल्भर्ट निर्माण हुन लागेको हो । तटबन्ध गर्ने काममा पैसा नपुग्ने भएकोले प्रदेश सरकारसंग माग गर्ने र प्रदेशबाट रकम उपलब्ध नभएमा नगरपालिकले काम अगाडी बढाउने गौरीगंगा नगरपालिका प्रमुख भिमबहादुर देउवाले वताए । लगडाउनको कारणले पैसा ढिला आएकोले जसरी पनि असारमा सक्न्नु पर्ने भएकोले निर्माण काममा ढिलाइ भएको उनले वताए । सो कल्भर्टको सबै रकम समितिले भुक्तानी लिईसकेको निर्माण समितिका अध्यक्ष ताडीले जानकारी दिए ।