
धनगढीमा पारिवारिक झगडा हुँदा दुई जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२ ‘सी’ गाउँका स्थानीय तेजबहादुर खड्का र पदम सार्कीबीच पारिवारिक झगडा हुँदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले झडपममा खड्काकी छोरी २१ वर्षीय प्रियंका र २४ वर्षीय सार्की घाईते भएको बताए।उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 12:49
2020/09/11, 5:55
2022/07/17, 2:55
2023/11/28, 8:45
2021/02/24, 10:09