उपचाररत गर्भवतीमा कोरोना देखिएपछि ६ स्वास्थ्यकर्मी आईशोलेशनमा
2020/08/10, 8:38
 
corona

माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना देखिएपछि ६ स्वास्थ्यकर्मी आईशोलेशनमा वसेका छन् । ती महिलाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको भएपनि कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइशोलेशनमा भर्ना गरिएको माया मेट्रो अस्पतालका डाक्टर मोहन साउँद जानकारी दिए ।

माया मेट्रो अस्पतालका उपचारमा संलग्न ६ जना स्वास्थ्यकर्मी पनि आइशोलेशनमा बसेका छन् । बैतडीकी एक गर्भवतीमा कोरोना पुष्टि भएको थियो । पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।