सुदुरपश्चिममा वाढी पहिरोको वितण्डा मच्चिएको छ । तराईको कैलाली कञ्चनपुरका अधिकांश भुभाग डुवानमा परेका छन् भने पहाडी जिल्लाहरुमा पनि वाढी पहिरोको वितण्डा मच्चिएको छ । धनगढीका अधिकांश क्षेत्र वाढीले डुवानमा परेको छ । नगरवासीहरुका घरभित्र पानी पसेको छ ।
उता पहाडी जिल्ला वाजुरामा वडाध्यक्षकी आमा वेपत्ता भएकी छन् भने बेलिब्रिज र झोलुङ्गे पुल बगाएको छ । बुढीगंगा नदीमा आएको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् । बेलिबिज्र र झोलुङ्गे पुल बगेपछि आवतजावतमा समस्या भएको छ । बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । घागर, भौनेरा, रापक लगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि प्रहरी टोली जान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिकाको वडा नम्बर ९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
धेरैपछि बुढीगंगा नदीमा ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताएका छन् । बाजुराको बुढिगंगा नदीले घर बगाउँदा वडाध्यक्षकी आमा बेपत्ता भएकी छन् । गए रातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो ।
सोमबार बिहान नदीले घर बगाउँदा ६५ बर्षिया आमा अइसेनी बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले वेपत्ता महतको खोजी कार्य भईरहेको बताएको छ । बाढीले वडा नम्बर २ को घागर बस्ती नै बगाएको बताईएको छ ।