कैलालीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय तीन जनाको कोरोना परीक्षण भएकोमा कैलालीको गोदावरी नगरपालिकाका १९ बर्षीय २२ बर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।
योसंगै कैलालीमा एक हजार दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा भने संक्रमितको संख्या चार हजार नौँ सय ३७ पुगेको छ । डोटीका सात सय ९२, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय १२ जना, बैतडीका दुई सय ९७, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेशमा चार हजार बढि संक्रमित निको भएर घर फर्किसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ ।