बैतडीका एक महिला स्वास्थ्यकर्मी माथि कुटपिट
2020/08/10, 4:44
 
health

बैतडीका एक महिला स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट माथि कुटपिट भएको हो । स्वास्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको जानकीले बताईन् । पुर्चौडी नगरपालिका ३ का २४ बर्षीय मोहन कुँवर र २१ बर्षीय विरेन्द्र कुँवरले कुटपिट गरेको हो ।

स्थानीय एक बृद्धा बिरामीलाइ स्लाईन चढाइरहेका र सोही बेला ती युवकहरुले कुटपिट गरेको उनले बताईन् । उनले भनिन्‘ बृद्धा आमा कान नसुन्ने र उहाँसंग ठुलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलैच गर्दै कुटपिट गरे ’ ती युवाहरुको कुटपिटबाट जानकीको हातको औला भाचिँएको,मुखमा छातिमा, टाउकोमा चोट रहेको छ । उनको हाटमा उपचार भइरहेको छ ।

आफू अहिले न्यायको खोजीका लागि नगरपालिका पुगेको जानकीले बताउनुभयो । कुटपिट गर्ने ति युवकले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर(कार्यालय सहयोगी) बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको बताईएको छ । कुटपिटपश्चात जानकीले ती युवाहरुलाई पक्राउ गरि आवश्यक कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन् ।

यसैबिच कुटपिट गर्ने ती दुबै युवक फरार रहेका छन् । फरार रहेका मोहन कुँवर र विरेन्द्र कुँवरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।