
महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा प्रेसर कुकर बम भेटिएको छ । बुधबार राति २ बजे भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।

सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको थियाे । बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ ।बिहानी चहलपहलमा बम रहेकाे कुरा फैलिएसँगै स्थानीय बासिन्दा त्रसिद बनेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाएको बताए । ‘राति २ बजे बम भेटिएको हो, अहिले विहान ६ः५० बजे निष्क्रिय पारियो’ उनले भने,‘बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/24, 7:10
2020/12/15, 1:48
2023/02/07, 5:26
2021/08/05, 2:17