हिरासतमा पुरुषको मृत्युपछि सीमा प्रहरीमा तनाव
2020/08/13, 4:38
 
Death

कैलालीमा अमर बहादुर चन्दको बुधवार बिहान हत्या गरिएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन्। बिहीबार बिहान देखी स्थानीयले सीमा प्रहरी चौकी बहुलीया घेराउ गरेका हुन्। स्थानीयले प्रहरी चौकी घेराउ गर्दे ढुगांमुडा प्रहार गरिरहेका छन्।

प्रहरीले लाठी चार्ज गर्दे आन्दोलन साम्य पार्नै प्रयास गरिरहेको छ। बुधवार घाँटी रेटिएको अवस्था चर्पीमा मृत फेला परेका भनिएका ४५ वर्षीय चन्दको हत्या गरिएको मृतकका आफन्तले आरोप लगाएका हुन्। मृतकका भतिजी रोहणी चन्दले मंगलबार होहल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लगेपछि मिडिया बाट मृत्यु भएको जानकारी पाएका बताइन्। सीमा प्रहरी कार्यालय बहुलीयाले अझै मृत्युको आधिकारिक जानकारी नगराएको उनले बताइन्। तर काकाको सीमा प्रहरी कार्यालय बहुनियाले नियोजीत तरीकाले हत्या गरी आत्महत्या गरेजस्तो देखाएको आरोप लगाईन्।

उनले सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरिन्। मंगलबार राती मदिरा सेवन गरेर गाउँमा होहल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी चौकीमै चन्दको शङ्कास्पद मृत्यु भएको थियो। उनको घाँटीमा धारिलो हतिया प्रहार गरी मृत्यु भएको प्रहरीले बताएको छ। तर प्रहरी हिरासतमा रहेकै वेला घाँटी छेदन भएपछि संशय उत्पन्न गराएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवं डिएसपी प्रतीक विष्टले शवको प्रकृति हेर्दा घाँटीमा धारिलो हतियार प्रहार गरी मृत्यु भएको बताए। चन्दले ब्लेडको सहायताले आफ्नै घाँटी काटेको हुन सक्ने उनले बताए। तर थप अनुसन्धान भइरहेको उनले बताए। मृतक चन्दको शव सेती प्रादेशिक अस्पतालमा पोष्र्टमार्टमका लागी राखिएको छ।