एनसेल टावरमा आगजनी गर्ने पक्राउ 
2020/08/14, 2:38
 
tower

डोटीको जोरायल गाउँपालिका–१ कटुन्थला स्थित एनसेलको टावरमा आगो लगाएको अभियोगमा फरार एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–५ का ४२ वर्षीय कृष्ण बोहरा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रबक्ता डिएसपि ईन्द्र मल्लले जानकारी दीए ।

उनलाई इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरी टोलीले कैलालीको चुरे गाउँपालिका–१ शिवनगर बजार नजिकबाट पक्राउ गरेको हो। १५ साउन २०७६ मा एनसेल टावरमा भएको आगजनी घटनामा संलग्न अभियोग उनी माथि छ ।