कोरोना संक्रमण पुष्टि भएका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। बिहिवार कोरोना पुष्टि भएका तीनै जना प्रहरी अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका अनुसार ४२, ४२ र ४४ बर्षीय उनीहरु मध्ये दुईजना प्रहरी जवान र एकजना हवलदार हुन्। उनीहरु तीनै जना कैलालीको त्रिनगर भन्सार नाकामा खटिएका थिए। बीहिबार २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको थियो। सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई १५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2023/11/30, 11:34
2020/06/06, 9:54
2020/10/08, 1:28
2021/02/26, 8:59