अख्तियारका असईमा कोरोना देखिएपछि सुरक्षाकर्मी सहित १२ जनाको नमूना संकलन
2020/08/14, 6:46
 
aktiyar

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) लाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका अन्य सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरिएको छ।

संक्रमित असईको सम्पर्कमा आएका सुरक्षाकर्मी सहित १२ जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको अख्तियारको कार्यालय कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षकमा कोरोना पुष्टि भएको थियो।