बैतडी अस्पतालमा मापसे जाँचको नक्कली रिपोर्ट बनाइएको छ । प्रहरीले मापसे सेवनपछि जाँचका लागि अस्पताल पठाएका प्रहरीको नक्कली रिपोर्ट बनाइएको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार राति ९ बजे हवल्दार तेज बहादुर चन्दको मापसे जाँचको लागि जिल्ला अस्पताल पठाएको थियो । मापसे आशंका पठाइएको चन्दको रिपोर्ट नेगेनेटिभ आएपछि अस्पतालका स्वास्थ्यकर्मी शंकाको घेरामा परेका छन् ।
मापसे जाँच गर्ने ब्रेथलाइजरले पोजिटिभ देखाए पनि स्वास्थ्यकर्मीले मापसे गरेको नगरेको रिपोर्ट तयार गरेको छ । अस्पतालमा ब्रेथलाइजरबाट जाँच गर्दा हवल्दारको मापसे गरेको देखाएको छ । ०.०३२ ब्रेथलाइजरले देखाएको छ । तर चेक गर्ने स्वास्थ्यकर्मीले भने मापसे नगरेको देखाएका छन् । हवल्दार चन्द मदिरा सेवन गरेर बजारमा पनि आफ्नै प्रमुखलाई गालीगलौज गर्ने गरेको स्थानीय बताउँछन् ।
प्रहरी हवल्दार चन्दलाई प्रहरी अधिकारीको संरक्षणका कारण कारवाही गर्न नसकिने प्रहरीहरु बताउँछन् । हवल्दार चन्दकै आग्रहमा अस्पतालका कर्मचारीहरुले रिर्पोट पोजिटिभ÷नेगेटिभ बनाइएको देखिएको छ । अस्पतालका निमित्त मेडिकल अधिकृत डाक्टर प्रकाश जोशीले मापसे चेक गर्ने कर्मचारीसंग बुझेको र गल्ती भएको गरे । ‘ब्रेथलाइजलरेनै त्यति देखाएको छ भनेपछि गरेका छैन भनेर लेख्न नमिल्ने हो स्वास्थ्यकर्मीको टेक्निकल समस्या हो ’ उनले भने । मापसे गरेको थाहा पाएपछि हवल्दार चन्दलाई आन्तरिक रुपमा कारवाही थालिएको बैतडीका प्रहरी नायब उपरिक्षक नरायण प्रशाद अधिकारीले बताए ।