मुख्यमन्त्री भट्ट बाढी आएको आधा महिनापछि प्रभावित क्षेत्रमा पुगे
2020/08/14, 7:15
 
badi

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले बाढी आएको झण्डै आधा महिनापछि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । साउन १४ गते आएको बाढीले पुर्याएको क्षतिका बारेमा बुझ्न जिल्लाको भजनी नगरपालिका सहितको क्षेत्रमा मुख्यमन्त्री भट्ट सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।

मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दिर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताए ।  उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।  हुलाकी सडकको डिजाईन र रानीजमरा कुलरिया सिचाई आयोजनाका कारण समेत डुवान भईरहेको मुख्यमन्त्री भट्टको भनाई छ ।

साउन १४ गते आएको बाढीका कारण भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका ठुलो धनजनको क्षति पु¥याएको थियो ।