डडेल्धुरा– अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट (विकास) ले अजयमेरु गाउँपालिका ४ चिपुरमा डोटेली संग्रहालयको स्थापना गरेका छन । नयाँ पिढीले आफ्नो कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास बिर्सन लागेकाले संग्रहालय स्थापना गरेको भट्टले बताए ।
उनले पुराना सस्कृतिको संरक्षण र सम्बद्धन नगरे पछिल्लो पुस्ताले आफ्नो संस्कृति बिर्सिदै जाने भएकाले संग्रहालय स्थापना गरेको बताए । गाउँपालिकाको चिपुरमा एउटा सरकारी भवन भग्नावशेष कात्र रहेको अवस्थामा त्यसको मरम्मत सम्हार पछि संग्रहालयको स्थापना गरीउको हो ।
संग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, भाडाकूडा, गरगहना लगायतका सामाग्रीको खोजी गरेर राखिएका छन ।
संग्रहालयमा ऐतिहासिक सामाग्रीका साथै गाउँपालिकाले पर्यटकीय र धार्मिक स्थलहरु समेटेर तयार पारेको ३० मिनेट लामो बृत्तचित्र पनि हेर्न सक्ने ब्यवस्था पनि गरिएको अध्यक्ष उमेश भट्टले बताए । पालिकाले १० लाख रुपैया खर्चेर सुदूरको कला, संस्कृति र इतिहासको जर्गेनाको प्रयास गरेको हो ।