बाजुरामा सोमबार रातिको अविरल वर्षासंगै आएको बाढीबाट प्रभावितहरु राहतको पर्खाइमा छन्। गौमुल गाउँपालिका –१ सिमका २० परिवार लगायतका धेरै बस्तीका विस्तापितहरुले हालसम्म राहत पाएका छैनन्। बुढीगंगा नदिमा आएको बाढीले २० परिवारका १ सय १३ जना सोमबार बाट पूर्णरुपमा बिस्थापित भएका छन्। घर बगाएको ५ दिन हुँदासम्म पनि राहत पाउन नसकेको उनीहरुले गुनासो गरेका छन्। यतिसम्मकी उनीहरुले पाल समेत पाउन सकेका छैनन्।
विस्थापित मध्ये कोहि जंगलमा बसिरहेका छन् भने कोहि अरुको घरमा सहारा लिइरहेको छन्। केहि भने खुला ठाँउमा पाल हालेर बसेको घटनास्थल पुगेका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भट्टराइले बताए। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बाजुराको बाढी पहिरोको स्थलगत निरिक्षणका साथै बाढीबाट प्रभावित जनतालाई राहतको प्याकेजसहित आउने भनिएको ३ दिन बितिसक्दा कोही आएका छैनन्। प्रतिकुल मौसमका कारण हेलिकोप्टर उडान रद्ध भएको श्रोतले जनाएको छ।
भौगलिक रूपमा विकट रहेको गौमुल गाउँपालिका १ सिममा पैदल हिडेर राहत दिन नसकिने अवस्थामा गृहमन्त्री आफै राहत बोकेर आउने कुरा भएको अवस्थामा प्रतिकुल मौसमका कारण आज पनि हेलिकोप्टर आएन सकेन।