नेपाली सेनाले देखायो शव व्यवस्थापनको डेमो
2020/08/15, 3:49
 
sab

शनिबार विहान कञ्चनपुरको महाकाली अस्पतालमा नेपाली सेनाले कोरोना भाइरस संक्रमणबाट  बिरामीको मृत्यु भएमा  बिरामीको शव व्यवस्थापन कसरी गर्ने विषयमा शव डेमो प्रदर्शन गरेको छ। श्री नम्वर २५ बाहीनी अड्डा भगतपुर ब्यारेकको टिमले शव वयवस्थापन गर्ने डेमो देखाएको हो ।  उक्त टिमले शव व्यवस्थापनको नाट्य शैली प्रस्तुत गरेका थिए । शव व्यवस्थापन गर्दा अप्नाउनु पर्ने सुरक्षा लगायत शवको योजनावद्ध व्यवस्थापन कसरी गर्ने भन्ने बारे प्रर्दशन गरिएको सेनाले जनाएको छ ।

यस्तै  कोरोनाबाट मृत्यु भएका विरामीको शव व्यवस्थापन कसरी गर्ने भन्ने अन्तराष्ट्रिय मापदण्ड अनुसार अस्पतालमा अभ्यास तथा  प्रदर्शन गरिएको  महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताए । यस्तै कोरोना भाइरसको जोखिम कायमै रहेकाले कोरोनाबाट विरामीको मृत्यु भइहालेमा ती शव व्यवस्थापन गर्नुपर्ने भएकाले सेना सँगको साझेदारीमा अभ्यास गराइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । 

उक्त डेमो प्रदर्शनमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृत शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो ।