
बैतडीमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन्। महाकाली राजमार्ग अन्र्तगत सिल्लेगडा नजिक भएको दुर्घटनामा परी दोगडाकेदार ३ श्रीकोट सिल्लका जीप साहु ४२ वर्षीय दशरथ चन्द र श्रीकोटकै उस्कलाका ४० वर्षीय करन ऐरी रहेका छन्।

उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको खोचलेक प्रहरी चौकीले जनाएको छ। सिल्लेगडाबाट खोचलेक गइरहेको से १ ज ३२८ नम्बरको जीप अपरान्ह ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो।
जीप सडकबाट २०० मिटर तल खसेको छ। दुर्घटनाग्रस्त जीपमा २ जनामात्रै सवार रहेको खोचलेक प्रहरी चौकीले जनाएको छ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 11:26
2020/10/08, 2:16
2021/05/11, 3:37
2021/12/06, 4:57
2022/12/07, 5:51