
जिल्ला अस्पताल डोटीमा मेसिन जडान गरिएको हो। आइतबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा जडान गरिएको पिसीआर मेसिन मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रम तय भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।


सो जडान गरिएको मेसिनको परीक्षण नतिजाको सहि मापन जाँचका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०–१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वाबहरु सोमबार परीक्षण गरिने बायो मेडिकल इन्जिनियर जय साउँदले जानकारी दिए ।
गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषद्को निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा पिसीआर मसिन सहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43