
बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको हो।

खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खेल्नका लागि सडकमा जम्मा भएका ५/६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43