कैलालीको जानकी गाउँपालिकाले सामुहिक रुपमा भेला भएर जुन सुकै कार्यक्रम नगर्न नगराउन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले सुचना जारी गर्दै गाउँपालिकाले गाउँबासिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्न आग्रह गरेको हो ।
सुचनामा गाउँबासिलाई विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को कारण विश्व नै आक्रान्त भईरहेको बेला सचेत, संबेदनशिल र संमयम भईदिन आग्रह गरीएको छ ।
कोभिड १९ को संक्रमण हुन नदिन स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी गाउँपालिका भित्र कुनै पनी तालिम, गोष्ठी, सेमिनार, बैठक, जन्म दिनका कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा सामुहिक भोज, पार्टी तिज सम्बन्धी नाचँगानका कार्यक्रमका साथै सार्बजनिक ठाउँमा एबम् एकै ठाउँमा धेरैजना भेला हुने जस्ता अन्य कार्यक्रमहरु अर्को ब्यवस्था नभए सम्मका लागि नगर्न नगराउन गाउँबासिमा अनुरोध गरीएको छ ।
गाउँपालिकाले जारी गरेको सुचनाको अबहेलना गरी अबज्ञा गरेको पाइएमा संक्रमण रोग ऐन तथा नेपाल सरकारको प्रचलित नियमानुसार कारबाहि गरीने सुचना मार्फत जानकारी गरीएको छ । यो सुचना प्रकाशित भएपछि यो बर्षको तिज पर्ब जानकी गाउँपालिका क्षेत्र भित्र समेत नपाईने पक्का भएको छ ।