कैलालीमा सामुहिक रुपमा गौरा तथा तिज मनाउन नपाईने
2020/08/17, 7:11
 
cdo

जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको आज बसेको बैठकले सामुहिक रुपमा गौरा तथा तिज नमनाउन आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले सामुहिक रुपमा गौरा तथा तिज मनाउदा कोरोना संक्रमण फैलिने भएकोले जनस्वास्थ्यका मापदण्ड पुरा गरी घरभित्रै चाड पर्व तथा मनाउन कैलालीका बासिन्दालाई आग्रह गरेको हो ।

त्यस्तै होटल तथा रेष्टुरेण्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र सञ्चालन गर्न दिने नेपाल सरकारको निर्णय कैलाली जिल्लामा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको छ । निर्णय उल्लंघन गरिएको पाईएमा संक्रमण रोग ऐन २०२० अनुसार कडा कारबाही गर्ने निर्णय गरिएको छ ।  बैठकले भारतबाट आउने नेपालीहरुलाई १० दिनसम्म कैलाली जिल्लामा  होल्डिङ सेन्टरमा राख्ने स्थान छनौटका लागि जिल्ला स्तरीय अनुगमन समितिलाई ५ दिनको समयाबधि दिएको छ ।

2

नीजि अस्पतालको सिफारिसमा पासको व्यवस्था खारेज गरिएको र नीजि सवारी साधनमा बिरामी बोक्न पास नदिने सरकारको निर्णय छ । एम्बुलेन्स उपलब्ध नभएको खण्डमा एम्बुलेन्सको स्वीकृत मापदण्ड बमोजिमको संख्या नबढ्ने गरी जिल्ला जनस्वास्थ्य प्रमुखको संयोजकत्वमा गठित समितिले पासको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार काठमाण्डौं उपत्यका बाहेक संक्रिय संक्रमित संख्या दुई सय भन्दा बढि भएको जिल्लामा आवात जावत व्यवस्थित गर्न सरुवा भई रमाना लिई हाजिर हुन आउने कर्मचारी र निजको परिवारलाई, आफै किरियामा बस्ने वा किरिया बसेर काममा फर्किदै गरेको व्यक्तिलाई गाडी पास दिईनेछ ।

जिल्लामा उपचार संभव नभई बाहिर लैजानु पर्ने भएमा त्यस्ता बिरामीलाई पास उपलब्ध गराउदा सम्बन्धित चिकित्सकले रेफर गरेको कागजात पेश गर्न लगाउने र रेफर गरेको कागजातमा सम्बन्धित चिकित्सकको नाम र नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर प्रष्टसंग लेखेको हुनु पर्ने बैठकले निर्णय गरेको छ ।