निर्माणाधिन गेटा मेडिकल कलेजमा एक महिनाको अवधिमा दुई जना मजदुरको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको हो।
सोमवार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० बर्षीया मिना पालीको गेटा मेडिकल कलेको चौथो तलाबाट खसेर मृत्यु भएको छ। निर्माणाधिन मेडिकल कलेजमा कार्यरत उनको अस्पताल भवनको चौथो तलाबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेती प्रमुख तथा प्रहरी नाय उपरिक्षक ज्ञानवहादुर विष्टले बताए।
यसअघि साउन पहिलो साता पनि निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको थियो। मेडिकल कलेजमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको थियो।
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2021/05/02, 11:30
2020/12/09, 12:02
2022/08/13, 5:32