धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको छ । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको जानकारी दिए ।
सोमवार पनि दुई जनामा कोरोना संक्रमित पुष्टि भएको थियो । संक्रमित मध्ये ११ जनाको आन्तरिक ट्राभल हिष्ट्री मात्रै छ । समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको छ । लकडाउन गर्ने विषयमा छलफल भईरहेको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।
विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तीमा मात्रै कोरोना देखिएकोमा धनगढीमा अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारी लगायतमा कोरोना संक्रमण देखिएको छ । यस्ले समुदायस्तरमै कोरोना फैलिने खतरा रहेकाले नियन्त्रणका लागि लकडाउन गर्ने तयारी भएको प्रवक्ता मुडभरीले बताए ।
भारतबाट आउने क्रम जारी रहेको तर उनीहरुलाई राख्न क्वारेन्टिन नहुँदा झनै समस्या भएको प्रवक्ता मुडभरीले बताए । समुदायस्तरमै कोरोना संक्रमित फेला परेको भन्दै वडा नम्वर ३ को कार्यालय १० गतेसम्मका लागि बन्द गरिएको छ भने अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ । अन्य वडाहरु पनि बन्द हुने तयारीमा रहेका छन् ।