कैलालीमा कोरोना भाईरसका २०२ संक्रिय संक्रमित
2020/08/18, 12:35
 
Korona

कैलालीमा कोरोना भाईरसका २०२ संक्रिय संक्रमित, सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमित रहेको कैलालीमा संक्रमण मुक्त हुनेको संख्या एक हजार एक सय ६६ पुगेको छ।

स्वास्थ्य निर्देशनालयले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा एक हजार एक सय ६६ संक्रमित निको भएर घर फर्किएका हुन्।

निर्देशनालयका अनुसार जिल्लामा एक हजार तीन सय ७२ जना संक्रमित रहेकोमा अव ‘एक्टिभ केस’ अर्थात संक्रिय संक्रमित भने दुई सय दुई जना रहेका छन्।

एक्टिभ केसको संख्या दुई सय भन्दा बढि भएकाले जिल्लामा जोरबिजोर प्रणाली लागु गरिएको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले संक्रमणको अवस्था हेरेर सील र लकडाउन गर्ने अधिकारी स्थानीय तहलाई समेत रहेको बताए।

पूरै जिल्ला लकडाउन गर्ने बारे भने कुनै निर्णय नभएको सूचना अधिकारी जोशीले बताए। 
 

सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमित रहेको कैलालीमा संक्रमण मुक्त हुनेको संख्या एक हजार एक सय ६६ पुगेको छ। स्वास्थ्य निर्देशनालयले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा एक हजार एक सय ६६ संक्रमित निको भएर घर फर्किएका हुन्। निर्देशनालयका अनुसार जिल्लामा एक हजार तीन सय ७२ जना संक्रमित रहेकोमा अव ‘एक्टिभ केस’ अर्थात संक्रिय संक्रमित भने दुई सय दुई जना रहेका छन्। एक्टिभ केसको संख्या दुई सय भन्दा बढि भएकाले जिल्लामा जोरबिजोर प्रणाली लागु गरिएको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले संक्रमणको अवस्था हेरेर सील र लकडाउन गर्ने अधिकारी स्थानीय तहलाई समेत रहेको बताए। पूरै जिल्ला लकडाउन गर्ने बारे भने कुनै निर्णय नभएको सूचना अधिकारी जोशीले बताए।