
बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव दुई दिन बित्दासम्म उठाइएको छैन। दशरथचन्द नगरपालिका–२, देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लाबडको सोमबार खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
मृतकका आफन्तले २० लाख क्षतिपूर्ति माग राखेर शव नउठाउने अडान लिएको वडाअध्यक्ष रनबहादुर बोहराले जानकारी दिए। मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने उनले बताए।
वर्षातको पानी जम्मा भएको खाल्डोमा खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको थियो। सडक निर्माणका क्रममा खनेको खाल्डोमा पानी जमेको बताइएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43