बाजुरामा बाढी  पहिरोले एक महिनामा ४५४ जना विस्थापित
2020/08/18, 4:02
 
pahiro

बाजुरा जिल्लामा साउन एक गतेबाट आजसम्म जिल्ला भरीका बर्षादसंगै गएको बाढी पहिरोले चार सय ५४ जना बिस्थापित भएका छन् । एक जनाको मृत्यु भएको, एक जनाको उपचारपछि घर फर्केका र एक जना बेपत्ता रहेका छन् । ६१ घर पुर्ण रुपमा क्षति, २३ घर आंशिक क्षति र ६० घरधुरी बिस्थापित भएको कुरा बिपद ब्यवस्थापन समन्वय समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ । असारको अन्तिमसम्म छ सय दुई जना बिस्थापित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गौमुल गाउँपालिकाको सिममा बिस्थापित भएकाहरुलाई आजसम्म राहत दिन सकिएको छैन, कतैबाट त्यस ठाउँमा जान नसकेका कारण उनीहरलाई राहत दिन नसकिएको हो । हेलिकप्टरको प्रतिक्षा गर्दा सातादिन बढी भैसकेको छ । ठुलो संख्यामा बिस्तावित हुँदा समेत सरकाले त्यसको सुनुवाई नगरेको जस्तो देखिएको छ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–२ घाग्रमा बिस्थापित भएका छन् । उनीहरु राहात नपाउँदा समस्या परेका छन् ।

2

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाका बाढी पीडितहरुका लागि तत्काल राहत उपलब्ध गराउनका लागि पहल गर्ने र बाढीका कारण जान नसकिने क्षेत्रमा हेलिकप्टरबाट राहत बितरण गर्ने योजना बनाएको कुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए । बुढीगंगा नदिले मुहानदेखि अछामसम्म ठुलो क्षति गरेका कारण बुढीगंगा करिडोर परियोजना संचालन गरेर त्यहाँका बिस्थापितको दीर्घकालीन योजना बनाएर पीडितहरुलाई जिविकोपार्जन र सुरक्षाको प्रत्याभुती दिन सरकारले तयारी गर्नुपर्ने कुरा गैर सरकारी महासंघका केन्द्रीय सदस्य काशी बिकले बताए ।

गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा साउन २६ गते राति आएको बर्षातका कारण ठुलो क्षति गरेको छ । चौपाया र घरपालुवा जनावर बगाएको छ भने नौ सय ८१ रोपनी खेतीयोग्य जमिन बगाएर बगर बनाएको छ । एक पक्की पुल एक बेलीब्रिज र पाँच झुलुङ्गे पुल बगाएको हो । बुढी नन्दा नगरपालिकाको घोडाकोट, त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालिकामा समेत क्षति गरेको छ । धेरैको उठ्बास लगाएको छ । बिभिन्न ठाँउबाट सहयोग जुटाई रहेको अवस्था देखिन्छ ।

हिमालीका ९६ परिवार विस्थापित
बाजुराको हिमाली गाउँपालिकामा बस्ती माथिबाट पहिरो झर्न थालेपछि स्थानिय विस्थापित भएका छन् । जिल्लाको पूर्वीत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको वडा नं ५ क्युडी गाउँमाथिबाट पहिरो झर्न थालेपछि ९६ परिवार विस्थापित भएका हुन् । गत एक सातादेखि लगातार परिरहेको वर्षाका कारण बस्तीमाथिबाट पहिरो झर्दा ७ वटा घर क्षति ग्रस्त भएका छन् भने गाउँ नै उच्च जोखिममा परेपछि स्थानिय अहिले विभिन्न स्थानमा पाल हालेर बसिरहेको हिमाली गाउँपालिकाका प्रवक्ता रमेश विकले बताएका छन् । गाउँमाथिबाट पहिलो झर्न थालेपछि अहिले गाउँले स्थानिय मन्दिर क्षेत्रदेखि विभिन्न स्थानमा त्रिपाल टासेर बसिरहेका उनले बताएका हुन् ।

1

पहिरोले स्थानियको झण्डै १ हजार पाथी रोपनी जग्गामा समेत क्षति पुर्याएको छ । आज मात्र गाउँपालिकाका अध्यक्ष सहित प्रहरी टोली त्यसतर्फ गई तत्काल राहत स्वरुप पाल वितरण कार्य गरिएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनक शाहीले बताए । गाउँपालिकाले राहत स्वरुप त्रिपाल र खाद्यको जोहो गरे पनि स्थानिय भने निकै सास्ती खेपिरहेका पीडितहरुले गुनासो गरेका छन् । भौगोलिक रुपमा जिल्लाकै ठुलो हिमाली गाउँपालिकाका विभिन्न वस्तीहरु निकै विकट स्थानमा रहेकाले प्राकृतिक प्रकोपमा तत्काल राहतका लागि पनि अप्ठेरो हुने गरेको छ ।

फेला परिनन् बेपत्ता महत
लगाताको बर्षाका कारण साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीमा बेपत्ता भएकी बडिमालिका नगरपालिका २ का वडाध्यक्ष डम्मर महत्तकी आमा एक हप्तासम्म पनि फेला परेकी छैनन । बाजुरादेखि अछामसम्मका प्रहरी स्थानियहरु बेपत्ता ६५ वर्षीया अईसेनी महतको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालायका प्रमुख प्रहरी नायब उपरिक्षक टंक प्रसान भट्टराईले बताए ।

2

अत्याधिक बर्षाका कारण नदिमा पानीको बहाब धेरै भएको र पहिरोले माटो बालुवा काठ बगाएर ल्याएकोले कता पुर्यो खोजीकार्यमा समस्या भएको प्रहरी प्रमुख भट्टराईले बताए । वडा अध्यक्ष महतको घर पूर्ण रुपमा बाढीले बगाएको छ । बेपत्ता आमा फेला परेको भए परिवारलाई पनि चित्त बुझाउने बाटो हुन्थ्यो । परिवार नै तनाबमा भएको वडा अध्यक्ष महतले बताए । आफन्तहरु सबै टेलिफोबाट प्रत्यक्ष भेटेर सधै हाल खबर सोध्छन् खबर के भन्ने के भन्ने हुन्छ ।