
प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ। से ६ प ७८९ नम्बरको मोटर साईकल सहित दुई जनालाई जिल्ला धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार व्यारेलमा लागु औषध व्युरो महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

मोटरसाईकलमा सवार धनगढी उपमहानगर–३ का २५ बर्षीय अनुराग मल्ल र वडा नम्बर १ बस्ने २४ बर्षीय पृथ्वी खडकालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ। उनीहरुको साथबाट ७ ग्राम ब्राउन सुगर पनि बरामद् गरेको छ।
पक्राउ परेका द्वयलाई लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43