जोरबिजोरमा कडाईः ५ सय बढिलाई कारवाही, ५८ हजार राजश्व संकलन
2020/08/19, 8:19
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना नियन्त्रणका लागि जारी गरिएको जोरबिजोर प्रणाली कार्यान्वयनमा कडाई गरिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले बजार क्षेत्रा चेकजाँच बढाएको हो ।

सोमवार र मंगलवार मात्रै धनगढीमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने पाँच सय बढिलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंगलबारमात्रै तीन सय ९८ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

क्यापस चोक, चौराहा र रातोपुलमा चेकजाचको क्रममा उनीहरु कारवाहीमा परेको उनले बताए । प्रहरीले जोरबिजोर प्रणाली उल्लंघन गर्नेहरुलाई एक सय रुपैँया जरिवाना गराएको जनाएको छ । सोमबार १८ हजार ८ सय र मंगलबार ३९ हजार ८ सय रुपैँया राजश्व सकलन भएको प्रहरीले जनाएको छ ।

यस्तै मंगलबार धनगढीमा तीन सय ८५ जना मास्क नलगाउनेलाई सम्झाइ बुझाई पठाएको छ भने सात जनालाई कारवाही गरि सात सय रुपैयाँ राजस्व सकलन भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।