बाजुरामा बाढीले करौडौंको क्षति, सयौं विगाह जमीन वगरमा परिणत
2020/08/19, 4:08
 
badi

बाजुरामा बाढीले करौडौंको क्षति भएको छ । त्रिवेणी नगरवालिकाका नदी किनारका सयौं विगाह जमीन वगरमा परिणत भएका छन् । गए रातिको अविरल बर्षाले बाढी आउँदा त्रिवेणी नगरपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ मा क्षति पुराएको हो । यी वडाहरुको बीच भएर बग्ने मालागाड नदीले तीन दशकपछि आसपासको क्षेत्रका खेत, घट्ट, शिवालय र लघु जलविद्युत आयोजना बगाएको छ । 

2

1

धार्मिक स्थल मौरे धाममा भित्र खोला पस्दा एक ओटा शिवजीको मन्दिरमा पनि पुर्ण रुपमा क्षति पुगाएको स्थानीयले बताएका छन् । सो क्षेत्रमा त्रिवेणी नगरपालिकाबाट गत बर्षमा ५० लाख बराबरको बजेटबाट काम भएको थियो । मौरे धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गरिएका भौतिक संरचनामा क्षति पुराएको हो । मालागाड खोलाले चार वटा वडाको नदी आसपासका सयौं विगाह जमीन बगरमा परिणत गरेको स्थानीय भीमवहादुर साउँदले जानकारी दिए । 

2

1

सो खोलाले त्रिवेणी नगरपालिकाकामा वडा नम्बर ४ मा सवैभन्दा वढी क्षति गरेको छ । त्रिवेणी नगरपालिका–४ का भिम बहादुर साउँद, हंस साउँद, खम्म साउँद, मान बहादुर साउँद रुप, टेक, देबि, वीरबहादुर अयडी, मान सिंह साउद, सर्जने, तुले, जोगी, प्रेम सुर्य, उज्वल साउँद र हरि थापा लगायतका तीन सय परिवारको  खेती योग्य जमिन बगरमा परिणत भएको छ । ८० ओटा घट्ट समेत मालागाड खोलाले बगाएको छ । नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म जोड्ने काठे पुल पनि वाढीले बगाएको छ । अघिल्लो बर्ष मात्रै प्रदेश सरकारको ३० लाखको लगानी गरिएको सिंचाई कुलो निर्माणाधीन अवस्थामै वगेको छ । वडा नम्बर ४ र ५ जोड्ने सडक पनि पुरै भत्किएर बगेको छ । 
 

1

लगातारको बर्षाले पानीको मात्रा बढेसँगै मालागाड खोलामा एक्कासी आएको बाढीले क्षति पुर्याएको हो । सो खोलामा आएको बाढीले मालागाड जलविद्युतको नहरमा लाखौ रकम बराबरको क्षति भएको छ । जलविद्युतको नहरमा क्षति पुराएसँगै त्यस क्षेत्रका बासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएको स्थानीय वीरवहादुर अयडीले बताए । 

1

2