भादा होमस्टे पुरै सुनसान, स्थानीय लाखौं घाटामा छन्– अध्यक्ष चौधरी (भिडियो सहित) 
2020/05/18, 8:19
 
bhada

स्थानीय उत्पादन र परम्परागत संस्कृति बेचेर आम्दानी गर्नुको मज्जा नै बेग्लै हुन्छ । यस्तै अनुभुति गरिरहेका थिए कैलालीको भादा गाउँका होमस्टे सञ्चालकले । तर लामो समयदेखिको लकडाउनले उनीहरुका स्थानीय उत्पादन विकेका छन् न त उनीहरुका संस्कृति नै हेर्न कोही आएका छन् । 

सुदुरपश्चिम प्रदेशमै सबैभन्दा पहिले घरबास (होमस्टे) सञ्चालन गरेको भादावासीका लागि होमस्टे आयआर्जनमा सहयोगी बनेको थियो । उनीहरुले घरमै उत्पादन गरिने ढिक्री, सिन्की (गुन्द्रुक), फुलौरी, खरिया, बैरीक चट्नी जस्ता थारु खानाका परिकार बिक्री गरेर आयआर्जन गर्न थालेका थिए ।

थारु समुदायको परम्परागत संस्कृति पनि आयआर्जनको माध्यम बनेको थियो । तर पछिल्लो दुई महिनामा कोही पनि आन्तरिक तथा बाह्य पर्यटकले भादामा पाईला नराखेको भादा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले खबरकुञ्जसँग कुराकानी गर्दै जानकारी दिए ।