
अछामको कैलाश खोलामा आएको बाढीले बगाएका मध्ये ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । बुधबार रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले १७ जनालाई बगाएकोमा ६ जनाको शव भेटिएको छ । बाँकी ११ जनाको अवस्था अझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले बताए ।

गाउँपालिकाको वडा नम्बर ५ सैनीबजारमा व्यापार गर्दै आएका १७ जनालाई मङ्गलबार राति आएको बाढीले बगाएको थियो । बाढीले बगाउनेमा चन्द्रबहादुर साउद, बसुन्धरा साउद, नन्द सिंह साउद, गंगा साउद, रुपेश साउद, जोगा साउद, नवीन साउद, कविता बुढा साउद, अमरबहादुर साउद, पवित्रा शाह, समिर शाह, लालसरा शाह, वसन्ती शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43