बाढीमा बगेर बेपत्ता थप एक जनाको शव फेला, अन्य १० जनाको खोजी कार्य जारी  
2020/08/22, 7:32
 
badi

बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शव फेला फेला परेको छ । रामारोशन गाँउपालिका वडा नम्बर ५ र ६ जोड्ले झोलुंगे पुलमा शब भेटिएको अछाम प्रहरीले जनाएको छ ।   भेटिएको शब रामारोशन गाँउपालिका वडा नम्बर ५ का नन्दु साउँदका छोरा १९ बर्षिया रपेश  भएको  प्रहरीले जनाएको छ ।

फेला परेको शब सनाखत भई मृतकका ठुलो वुवा अम्मर साउँदले शब बुझेका प्रहरीको भनाई छ । शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब भेटिएको स्थलमा प्रहरी पुगेर पहिचान पुष्टि गरिएको अछाम प्रहरीका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए ।  रामारोशन गाँउपालिका अन्र्तगत कैलाश खोलामा बाढी आउँदा १७ जना बेपत्ता भएका थिए ।

जसमध्ये ६ जनाको शव यसअघि नै फेला परिसकेको थियो । शनिवार एक जनाको शब फेला परेपनि बाँकी १० जनाको शव अझै पत्ता लाग्न सकेको छैन । बाढी पहिरोले रामारोशनको सैनीबजारका २२ घर सहित धनजनको क्षति गरेको थियो ।