
बाजुराको बुढीगंगा नगरपालिकाले २० बेडको आइसोलेसन निर्माण गरेको छ। कोरोना संक्रमितको उपचारका लागि भन्दै टाँटे स्वास्थ्य चौकिमा २० बेडको आइसोलेसन निर्माण गरेको स्वास्थ्य संयोजक दिपक शाहले बताए। संघीय सरकार र प्रदेश सरकारले प्रत्येक स्थानीय तहले अनिवार्य आइसोलेसन निर्माण गर्ने निर्देशन गरेको थियो।

नगरपालिकाले टाँटे स्वास्थ्य चौकीमा आइसोलेसन निर्माण गर्ने निर्णय अनुसार आइसोलेसन निर्माण गरेको नगरप्रमुख दिपक बिक्रम शाहले बताए। अब कोरोना संक्रमणको लक्षण देखा परेका बिरामीलाई उक्त आइसोलेसनमा राखेर उपचार गरिने जनाइएको छ। त्यस्तै जटिल खाले बिरामीको भने जिल्ला अस्पताल बाजुरामा रिफर गरेर उपचार गरिने छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/27, 7:21
2020/11/03, 1:27
2021/06/02, 9:57
2022/01/15, 3:34