
पीसीआर मेसिन जडान भएको हप्ता दिनमै बिग्रिएपछि परीक्षण बन्द भएको डोटीमा पुनः परीक्षण सुरु भएको छ। मर्मतपछि पुनः परीक्षण सुरु गरिएको हो। आज जिल्ला अस्पतालले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको छ।

अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको छ।संक्रमित सबै डोटी जिल्लाका हुन्। जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले बताए।
आज नै डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/29, 9:34
2021/02/12, 11:16
2021/09/13, 6:12
2022/07/27, 2:40
2023/12/04, 4:01