डडेल्धुराको अमरगढी नगरपालिकाको एक वडा सिल
2020/08/25, 8:42
 
corona

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै डडेल्धुराको अमरगढी नगरपालिकाको वडा नम्बर ९ सिल गरिएको छ। मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा उक्त वडाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

संक्रमणको जोखिम न्यूनिकरण गर्न वडालाई सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए। स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायको निर्णय अनुसार वडालाई सिल गरिएको डिएसपी न्यौपानले बताए।