
अछामको बयालपाटा अस्पतालमा कार्यरत थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। न्याय हेल्थ नेपालद्वारा संचालित अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि भएको हो।

शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ती दुवैमा कोरोना संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए।
यसअघि डडेलधुरा अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा अस्पतालका १९ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो। सबै २२ जना संक्रमित मध्ये एक जना निको भएर घर फर्किसकेका छन्।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/22, 10:58
2021/12/27, 5:23
2023/01/08, 4:47
2024/11/26, 2:07