
सुदूरपश्चिमका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ५ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार डोटीको आर्दश गाउँपालिका –३ का २ जना, अछामको मंगलसेन नगरपालिका –१ का ३ जना, मंगलसेनकै वडा नम्बर ४ र ८ का एक/एक जनामा कोरोना पुष्टि भएको हो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2022/04/07, 6:45
2023/05/07, 11:36