
अछामको बुढीगंगा नदीमा एक महिलाको शव फेला परेको छ । मेल्लेख गाउँपालिका–३ ठाटीकी २२ वर्षीया निर्मला नेपालीको शव सोमबार साँफेबगर नगरपालिका–७ मा रहेको बुढीगंगा नदीमा फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनका श्रीमानले युवतीलाई गाउँकै देवर नाता पर्ने एक युवकसँग रंगेहात फेला पारेका थिए । आफुहरुको अवैध सम्बन्धबारे थाहा पाएपछि दुवै जना सो स्थानबाट भागेको र पछि ती युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अहिले ती युुवक फरार रहेको र नेपालीको शवको जिल्ला अस्पताल मंगलसैनमा पोष्टमार्टम भइसकेको सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । फरार नेपालीको खोजी कार्य जारी रहेको उनले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:54
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44